धरान : गिरिजाप्रसाद कोइराला फाउन्डेसन सुनसरिले बिहीबार साँझ धरानको छाता चोकमा रहेको अपाङ्ग पुनर्स्थापना गृहमा रहेका २८ जना अपाङ्गहरूलाई एक छाक खाना खुवाएको छ ।

नेपाली काङ्ग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री तथा शान्ति तथा क्रान्तिका नायक स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तिको अवसरमा गिरिजाप्रसाद कोइराला फाउन्डेसन सुनसरिले बिहीबार साँझ धरान छाता चोकमा रहेको अपाङ्ग पुनर्स्थापना गृहमा रहेका २८ जना अपाङ्गहरूलाई एक छाक खाना खुवाएको हो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका सुनसरी १ का क्षेत्रीय सभापतिको सुरेशमान श्रेष्ठको आतिथ्यतामा खाना खुवाउने कार्यक्रम भएको नेपाली काँग्रेस धरान नगर समितिका सचिव तथा फाउन्डेसनका सदस्य युवराज शंकरले जानकारी दिएका छन् । कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सदस्यहरू अनिल श्रेष्ठ, माधव घिसिङ, गोविन्द बस्नेत, निलु गिरि, गोविन्द दर्नाल, मोहन बस्नेत, क्षेत्रीय सचिव मुरारी भट्टराईका साथै फाउन्डेसनका सल्लाहकार एवं समाजसेवी हिरा उदास, श्यामा रेग्मी लगायतको उपस्थिति थियो ।

जिपि कोइराला फाउन्डेसन सुनसरीका सभपती चन्द्र शेखर लामा, सचिव गङ्गा चौलागाइ, सदस्यहरू युवराज शङ्कर, राजु शाह लगायतको उपस्थितिमा साँझको खाना खुवाएर गिरिजाप्रसाद कोइरालाले देशको लागि गरेको ऐतिहासिक कार्यहरूको सम्झना गरिएको थियो ।