इटहरी : नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्मदिनको उपलक्ष्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघ सुनसरी जिल्ला कार्यसमितिको आयोजनामा इटहरीमा वृक्षारोपण गरिएको हो ।

निवर्तमान केन्द्रीय उपसभापति बिकास केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २ सय बढी बिरुवा रोपिएको नेबिसङ्घले जनाएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै केसीले कोइरालाले अख्तियार गरेको सहमति सहकार्य र एकताको नारालाई पार्टी देखी सरकारले समेत ध्यान दिनुपर्ने बताए । कोइराला जस्तो ऊर्जाशील नेताको आवश्यकता पार्टी सदैव पर्ने भएकोले अब युवा तथा विद्यार्थी साथीहरू झनै ऊर्जाशील हुन जरुरी रहेको उनको भनाइ छ ।

कार्यक्रममा विभिन्न नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । पहिला पनि विभिन्न रचनात्मक काम गर्दै आएको नेबिसङ्घले आगामी दिनमा अझ सशक्त भएर आउने जिल्ला सभापति मन्दिप भट्टराईले बताए । नेबिसङ्घले केन्द्र देखी जिल्ला समिति सम्म आज विभिन्न कार्यक्रम आयोजना गरेको छ ।