इटहरी : हामीलाई खान देऊ । सरकार दायित्व पूरा गर । शिक्षक कर्मचारी निकाल्न पाइँदैन जस्ता नारा लगाएर निजी विद्यालयका शिक्षक आन्दोलित भएका हुन । निजी विद्यालयले अघिल्लो शैक्षिक सत्रको समेत तलब नदिएको भन्दै उनीहरू आन्दोलन सुरु गरेका हुन् ।

संस्थागत विद्यालय शिक्षक युनियनको आयोजनामा इटहरीमा भएको कार्यक्रममा सुनसरी भरीका शिक्षकको उपस्थिति रहेको थियो । ब्यानर सहित इटहरी चोक परिक्रमा गर्ने कार्यक्रम रहेकोमा प्रहरीले रोकेपछि इटहरी उपमहानगरपालिका कार्यालय अगाडि कोणसभा गरेर सकिएको थियो ।

धरानका शिक्षक जितेन्द्र तामाङका अनुसार अभिभावकबाट पैसा लिएर पनि विद्यालयले शिक्षकलाई तलब नदिएको हो । लकडाउनको विषम परिस्थितिमा समेत विद्यालयले वास्ता नगरेको उनको भनाइ छ ।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्कु) का सुनसरी अध्यक्ष यज्ञ श्रेष्ठले शिक्षक तथा कर्मचारीलाई तलब नपाउँदा समस्या परेको बताए । घर भाडामा बस्ने र तलब बाटै परिवार पाल्दै आएका शिक्षकहरू धेरै समस्यामा परेको उनको भनाइ छ । प्रदेशका मन्त्री देखी स्थानीय जनप्रतिनिधिहरू समेत निजी विद्यालयका सञ्चालक रहेकोले आफूहरूको मुद्दामा बोल्ने मान्छे नभएको उनको बुझाइ छ ।

p-1

p-2