इटहरी : इटहरीको मूल चोकको नजिकै रहेको टेंग्रा खोलाको पुल केही महिना अगाडी जीर्ण थियो । एकातर्फको रेलिङ समेत भत्किएको सो पुलमा दैनिक हजारौँ सवारीसाधनको आवतजावत हुने पुल अस्तव्यस्त हुँदा समेत कसैको ध्यान पुगेको थिएन ।

सडक ऐन अनुसार सडकका पुलपुलेला मर्मत निर्माण गर्ने जिम्मा सङ्घीय सरकार अर्थात् सडक डिभिजनको हो । राष्ट्रिय सडक अन्तर्गतको पुल भएकाले इटहरी उपमहानगर बनाउन नसक्ने भएपनि डिभिजन कार्यालय पटक पटक पन्छिँदै आएको थियो ।

३ वर्ष अघि एक ट्रिपरले पुलमा  ठक्कर दिँदा रेलिङमा क्षति  पुगेको थियो । पुलको अधिकांश भाग भत्किएर बारम्बार मौखिक आग्रह गर्दा समेत बेवास्ता गरेको भन्दै उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले गत मङ्सिरमा डिभिजनलाई पत्र मार्फत हाल सम्म किन बन्न नसकेको हो ?' कारण बताउन चेतावनीयुक्त पत्र काटेपछि भने अहिले टेंग्रा खोलाको पुल मर्मत भएको छ ।

जनतालाई त कसले बनाउने हो थाहा हुँदैन हामीलाई नै भन्न आउनु हुन्थ्यो उपप्रमुख लक्ष्मी गौतमले भनिन् ' बनाउने भए बनाउनु होस् कि हामीलाई बनाउने अधिकार दिनुहोस् भनेर पत्र पटाएपछि अहिले टेंग्रा खोलाको पुल मर्मत भयो।'

सडक डिभिजन कार्यालयले विभिन्न ठाउँमा सडक मर्मत गर्न १ करोड ३० लाख रकम छुट्टिएको थियो । पुलको रेलिङ मर्मत सँगै कालोपत्रे बनेसङै अहिले भने आवतजावतमा अलि सहज भएको छ ।