धरान : बुधवार नेपालमा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा नेपालमा बुधवार थप २५५ जनामा कोरोना संक्रमण देखिएको हाल नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या १६ हजार ४ सय २३ पुगेको बताए ।

सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै बुधबार २ सय ५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ ।