धरान : मोरङको उर्लाबारीमा एक किशोरीलाई सामुहिक बलात्कार गरेको अभियोगमा इलाका प्रहरी कार्यालय पथरीले दुई युवालाई पक्राउ गरिएको छ ।

प्रक्राउ पर्नेमा उर्लाबारी-५ का २१ बर्षीय भेषराज आचार्य र ३० बर्षीय प्रदिप खतिवडा रहेका छन ।

सिसौलीकी १७ बर्षीया किशोरीलाई २०७६ फागुन २७ गते घरमा कोही नभएको अवस्थामा सोही ठाउँका युवाहरुले सामुहिक बलात्कार गरेको पीडित परिवारले जनाएको छ । बेहोस बनाउने औषधि सेवन गराई किशोरीलाई सामुहिक करणी गरेको थिए ।

उनीहरु दुबैलाई जवरजस्ती करणी अभियोगमा पक्रउ गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले ले जानकारी दिए। ती युवाले सामुहिक करणीपश्चात कसैलाई भने मार्ने धम्कीसमेत दिएको खुलेको छ ।

करणीपश्चात बारम्बार किशोरी बिरामी हुन थालेपछि केही दिनअघि मात्र स्वास्थ्य परीक्षण गर्दा किशोरीको पेटमा बच्चा भएको जानकारी पाएपछि घटनाको रहस्य बाहिरिएको थियो । पीडित परिवारले दोषीलाई हदैसम्म कार्वाही गर्न माग गरेका छन् ।