पथरी : सिँचाईकालागी बनाएको पैनीमा डुबेर एक बृद्धको मृत्यु भएको छ ।

पथरीशनिश्चरे-७ की ७१ बर्षिय लाल माया तामाङको शब बुधबार स्थानिय समिचौकको पैनीमा फेला परेको वडा नम्बरका वडा सदस्य काशिराज राईले जानकारी दिए । बुधबार बिहान घर बाट आफन्तको मा हिडेकी तामाङको शब घर बाट करिब १ किलोमिटर दक्षिणमा फेला परेको हो ।

पानीमा डुबेको अबस्थामा शब फेला परेको र उनको मंगलबारे अस्पतालमा पोष्टमार्टमका लागी पठाइएको छ ।