इटहरी : करिब तिन वर्ष अगाडी इटहरीमा ठुलो बाढीको आयो । विनाशकारी बाढीबाट इटहरीमा दस जना बेपत्ता भएकोमा ८ जनाको शव भेटियो भने दुई जना अझै बेपत्ता छन् ।

बाढीको बेपत्ताको कारण इटहरीमा उपमहानगरले अहिले विभिन्न ठाउँमा तदारुकता देखाउँदै तटबन्ध निर्माणमा गर्ने काम सुरु गरेको छ । बर्षायाम सुरुभए सँगै बाढीको जोखिममा रहेको इटहरी ४ गैह्रीगाउँमा इटहरीले तटबन्धको काम गर्दै आएको छ ।

इटहरी ४ का वडाध्यक्ष चन्द्र भट्टराईले आँफूहरुले बर्सेनि रूपमा तटबन्धको काम गरिरहेको बताउँछन् । उपमहानगरबाट सीमित रकम छुट्टिने भएपनि वृक्षारोपण समेत गरेर बाढी छेक्ने काम सुरु गरेको हो ।

वर्षा सुरु भएसँगै इटहरीमा सबैभन्दा बढि सहरी क्षेत्र सँगै ग्रामीण क्षेत्रहरू मर्कामा पर्ने गरेका छन् । जसमा पनि व्यापार व्यवसायलाई भने अझ बढि असर पर्ने गरेको छ ।

बाढी पसेदेखि नै तटबन्धको काम हुने गरेको भट्टराई बताउँछन् । तटबन्ध निर्माण हुन नसकेको ठाउँमा बाँस पनि रोपेर समेत बाढी नियन्त्रणको काम गर्न थालेको उनले बताए ।

यता इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरी पनि अघिल्लो वर्षको जस्तो यो वर्ष परेको वर्षाले इटहरीमा त्यति क्षति नपुर्‍याएको र अब पनि पुर्‍याउने सम्भावना कम रहेको बताउँछन् ।

बढीजसो प्रभावित हुने इटहरीको टेंग्रा खोलाको मुहान शेरा खोलामा तटबन्ध निर्माण सँगै अघिल्लो वर्ष देखि खोलामा आएको बाढीले आंशिक रूपमा क्षति पुर्‍याएको मेयर चौधरीले बताए ।

इटहरीले बाढी आउनु अगाडी नै खोलाहरू सरसफाइ गरेको छ । ढलहरू व्यवस्थापन गरिने र बढीजसो चुवान पर्ने क्षेत्रहरूमा नियमित खोलाको चौडाइ फराकिलो लगायतको कामहरू गर्दै आएको उपमेयर लक्ष्मी गौतमले बताइन् ।

वर्षाको कारण इटहरीको बुढी खोला, टेङ्ग्रा खोला, सेहेरा खोला, खेती खोला, बक्राहा खोलाहरूमा आएको बाढीले बर्सेनि डुबानमा पर्ने गरेको छ ।