धरान : धरानमा फोटो व्यवसाय गर्दै आएका व्यावसायिहरु सङ्गठित भएका छन् ।

बुधवार भएको व्यावसायिहरुको भेलाले उमेश कुमार शाक्य को अध्यक्षता मा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । उक्त भेला बाट राजेश शाक्य उपाध्यक्ष, आशिषराज यादव सचिव ,अरुण विश्वकर्मा कोषाध्यक्ष, दीपेन्द्र श्रेष्ठ कसजु सहसचिवमा चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा सनम तामाङ ,किरण ताम्राकार, सुमन कुमार नेपाली ,विकास सन्ज्याल ,कृष्ण कुमार राई, साजन खवास ,सन्दीप थापा र गोकुल बराइली रहेका छन् ।

फोटो व्याबसायीको हक र हितको लागि स्थापित “धरान फोटो व्यवसायी सङ्घ“ स्थापना भएको र फोटो ल्याब व्यवसायी सङ्घसँग समन्वय र छलफल गरी फोटोको दररेट निर्धारण गर्ने जानकारी सचिव आशिष राज यादवले दिएका छन् ।