धरान : सुनसरी उद्योग वाणिज्य सङ्घले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट सरुवा हुन लागेका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलको बिदाइ कार्यक्रम गरेको छ ।

सङ्घका अध्यक्ष गिरिधारी सापकोटाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पौडेलले सुनसरीवासीहरूको साथ र सहयोग कहिल्यै नबिर्सने र हात मिलाएर बिदा हुन नपाए पनि कामको कारणले जिल्लावासी सँग सामिप्यता बढेको बताए । “सुशासन र सदाचारका कार्यहरूलाई मैले व्यवहारमा ल्याए, र त्यसको मूल्याकंन नागरिक समाज र राजनीतिक दलले गर्ने नै छ” कार्यक्रममा पौडेलले भने ।

सुनसरी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, पूर्व अध्यक्ष गौरीशङ्कर अग्रवालले मन्तव्य राखेको कार्यक्रम सङ्घका महासचिव राजेश अग्रवालले सञ्चालन गरेका थिए ।