बिराटनगर :  बिराटनगरका २ स्थानबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो बिराटनगर ९ का १८ बर्षीय मो. सावाजलाई लागुऔषध डाईलक्स डि.सि.२६ बोतल सहित पक्राउ गरेको हो भने बिराटनगर १५ का २३ बर्षीय सचिन कुमार शाहलाई डाईलक्स डि.सी. ६ बोतल र नाईट्राभेट ३० चक्की सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान प्रहरीले जानकारी दिएको छ ।