धरान : ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाकाका अध्यक्षलाई कार्यकक्षमा हातपात तथा कार्यालयमा तोडफोड गर्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असार ११ गते लिखु गाउँपालिकाको एम्बुलेन्स दुर्घटनाको भएको विषयलाईमा क्षतिपूर्ति माग्दै लिखु -४ का केही स्थानियहरुले  ३० गते  मङ्गलवार  गाउँपालिका अध्यक्ष गोविन्द बहादुर पौडेललाई हातपात गरेका थिए ।

किटानी जाहेरीको आधारमा घटनामा संलग्न २ महिला सहित १३ जनालाई प्रहरीले घरमा नै पुगेर बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका डिएसपी रुपेश खड्काले जानकारी दिए।

पक्राउ पर्नेहरूमा दीपक कार्की, दीपक थापा, लक्ष्मण कार्की, अरुण कार्की, पारस खड्का, विश्वास खत्री, हरिचन्द्र कार्की, विशाल थापा, दीपेन्द्र खड्का, दीपकराज खड्का, राजु कार्की रहेका छन् । त्यस्तै पक्राउ पर्ने दुई महिलाहरूमा भारती मगर खत्री र निर्मला थापा रहेका छन् ।

पक्राउ परेकालाई अभद्र व्यवहार सम्बन्धीको कसुरमा मुद्दा ओखलढुङ्गा जिल्ला अदालतबाट १०  दिनको म्याद थप गरी अनुसन्धान भइरहेको खड्काले बताए।