धरान : झापा जिल्लाको अर्जुनधारा नगरपालिका-२ का ६० बर्षीय पर्शुराम भन्ने फत्ते बहादुर बस्नेतको खोलाले बगाएर मृत्यु भएको छ ।

बुधरवार दिउँसो साँढे ५ बजेको समयमा बजारबाट किनमेल गरी घर फर्केका बस्नेत बाटोमा रहेको टाङटिङ खोला तर्ने क्रममा अचानक खोलाले बगाएको र खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा करिव ६ सय मिटर तल मृत फेला पारेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको अनारमनी कार्यालयले जनाएको छ ।