धरान : सङ्खुवासभाको सिलिचोङ १ बेसिन्दाका पहिरोबाट विस्थापितहरू धमाधम बालाको बुधबारेमा सर्दैछन् ।

गएको असार २७ गते आइतबार बिहान गएको पहिरोले बेसिन्दा गाउँको ९ घर पहिरोले बगाउनुको साथै ११ जना अझै बेपत्ता भएका छन् । बेपत्ता भएकाहरूलाई अझै भेट्टाईएको छैन । पहिरोबाट विस्थापित ८६ घर धुरीलाईलाई नजिकैको चित्रे स्थित लेकको चौरमा लगेर राखिएको थियो । उच्च ठाउँ भएकोले विस्थपितहरुमा स्वास्थ्यमा समस्या देखिन थालेपछि त्यहाँका पहिरोबाट विस्थापितहरूलाई बालाको बुधबारेमा अस्थायी बसोबासको व्यवस्था गरिएकोले उनीहरू आफै बालाको बुधबारे झर्न थालेको सिलचिोङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र कुलुङले जानकारी दिए ।

अहिले विस्थापितहरूको बसोबासका लागि नेपाली सेनाले निर्माण गरेको टेन्टमा राख्न थालिएको छ । बुधबारेमा नेपाली सेनाको बराह दल गुल्मले टेन्ट र शौचालय निर्माण गरेको छ । पहिरोमा ११ जना बेपत्ता भएकाहरूको खोजी र उद्दारमा खटिएका १ जनाको मृत्यु भएको थियो । पहिरोबाट विस्थापित ८६ घर धुरीका ३ सय ५० जनालाई अस्थायी बसोबासका लागि सिसुवाको बुधबारे बजारमा बराह दल गुल्मका सेनाले टेन्ट निर्माण गरेको हो ।

टेन्ट निर्माण गरिएसङै विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउने र थप राहत र उद्धारका कार्यलाई प्रभावकारी र सहज बनाउन बुधबारेमा व्यवस्थापन गर्न लागिएको शिलिचोङ्ग गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङ्ले जानकारी दिएका छन् ।
अस्थायी बसोबासका लागि तयार गरिएको टेन्टमा शौचालय, खानेपानी र बिजुली बत्ती जडानका लागि पहल भइरहेको छ ।

भौगोलिक हिसाबले दुर्गम र सदरमुकामबाट पैदल दुरी डेढ दिनको दुरीमा पहिरो गएकोले यस्तै अवस्था रहीरहयो भने भोलि समस्या आउन सक्ने स्वास्थ्य शाखाका प्रमुख दीपेन्द्र कुलुङले बताए । खाद्यान्न र ओतका लागि त्रिपाल, म्याट र कम्बलको अत्यन्तै आवश्यक रहेको बताइएको छ ।

अहिले राखिएको अस्थायी बसोबास स्थल बुधबारे बेसिन्दाबाट हिँडेर ४,५ घण्टाको दुरी रहेकोले बृद्धा वृद्धहरू र केटाकेटीलाई आउन समस्या भएको प्रमुख कुलुङले बताए ।

Pahiro-2 Pahiro-3 Pahiro-4 Pahiro-5 Pahiro-6