धरान : उदयपुर जिल्लामा सवारी ज्यान मुद्दामा १० बर्षे देखि फरार रहेका त्रियुगा नगरपालिका- ६ बस्ने ३२ बर्षिय  टंक बहादुर बिश्वकर्मालाई आज बुधबार ८ : ३० बजे लालपत्ता बाट प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका उदयपुरका डिएसपी गोबिन्द पुरीले जानकारी दिए ।

२०६७।०६।१४ गते सवारी ज्यान मुद्दामा २० दिन कैद र २ हजार जरिवान तोकिएकोमा सोहि दिनदेखि टंक फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालयका उदयपुर बाट खटिएको प्रहरी टोलिले बिशेष सुराकीको आधारमा निजकै घरबाट पक्राउ गरी आबश्यक कार्बाहीको लागी उदयपुर जिल्ला अदालत पठाईएको पुरीले बताए ।

फरार रहेका टंक ड्राइभर पेसा गरिरहेका थिए भने फरार रहेपछि पनि उदयपुर जिल्ला बाहिर लुकिछिपी टिपरको ड्राइभर गरिरहेका टंकलाई लकडाउनले प्रक्राउ गर्नै सहज भएको उदयपुर जिल्लाका प्रहरी प्रमुख भिम दाहालले बताए ।