धरान : सुनसरीको रामधुनी नगरपालिकामा  सुनचाँदी व्यावसाय सञ्चालन गर्दै आएका सुन ब्यापारीले बिहिवार झुण्डिए आत्महत्या गरेका छन ।

झुम्का बजारमा  ओम महालक्ष्मी ज्वेलर्स सञ्चालन गर्दै आएका दिपेन्द्र श्रेष्ठ आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

लामो समय देखि ज्वेलर्स सञ्चालन गर्दै आएका श्रेष्ठ के कारणले झुण्डिए आत्माहत्या गरे भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरी स्रोतले जनाएको छ ।