धरान : धरान-१३ घर भएका हाल झापा जिल्लाको बिर्तामोड नगरपालिका-८ डेरा गरी बस्ने ३५ वर्षीया बाबुलाई आफ्नै १२ वर्षीया छोरी जबरजस्ती करणी अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।  

आफ्नै १२ वर्षीया बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा  ३५ वर्षीया युवालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो  । 

बालिकालाई घरमा कोही नभएको अवस्थामा १ महिनादेखि पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थाई प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।

पक्राउ परेका  बाबुको नाम  र थर परिवारको हाडनाता सँग सम्बन्धित रहेकाले  सार्वजनिक नगरेको बताउँदै हाल  बालिकालाई एकल महिला संघ भद्रपुरमा राखिएको  छ ।  भने पक्राउ परेकालाई  जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप गरि  अनुसन्धान गरिरहेको थापाले बताएका छन ।