धरान : नेपालमा विहिबार थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा नेपालमा विहिबार  थप १ सय ६७ जनामा कोरोना संक्रमण देखिएको हाल नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या १७ हजार ३ सय ४४ जना पुगेको बताए।

मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा साङकेतिक भाषमा दिनेश श्रेष्ठले सहयोग गरेका थिए । सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । एक नं प्रदेशमा कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको सङख्या शुन्य रहेको छ ।

गत २४ घण्टामा २१३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २ सय ४९ जना रहेको गौतमले बताए।