धरान : जनकपुरधामको सिरहामा ५ लाख कमिसन वापतको रकम लिँदै गर्दा मेयरका छोरा पक्राउ परेका छन् ।

कल्याणपुर नगरपालिका सिरहाका नगरप्रमुख सूर्यनाथ मण्डलका छोरा सन्त मण्डल  र जितेन्द्र महतोला कमिसन वापतको ५ लाख रुपैयाँ लिँदै गर्दा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको छ ।

मेयर मण्डलले  D.P.R को काम दिए वापतको कमिसन लिन आफ्ना छोरा सन्तलाई बुधबार लहान पठाएका थिए । सन्त  र जितेन्द्रलाई कमिसन लिँदै गर्दा लहान नगरपालिका वडा नं- २२ स्थित रादेजवी चौकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको  अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ ।  

 यस बिषयमा अन्य अनुसन्धान भइरहेको अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ ।