धरान : इटहरी उपमहानगरपालिकाका लेखा शाखा प्रमुख विकास पोखरेललाई अख्तियारले पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले पोखरेललाई घुस लिँदालिँदै ६५ हजार सहित रङ्गेहात पक्राउ गरेको हो ।

अख्तियारबाट खटिएको विशेष टोलीले पोखरेललाई इटहरी बिपी चोक स्थित एक होटेलबाट पक्राउ गरेको हो ।