धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत एक जना कोरोना संक्रमित विरामीको मृत्यु भएको छ ।

मृतक ब्यक्ति सप्तरीको राजविराज नगरपालिका-६ निवासी ७३ बर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । उनको उपचार धरानमा भएको र स्वाब परिक्षण पनि धरानमै गरिएको जनाईएको छ ।

उनी भारतको विभिन्न व्यापारीक सहरमा व्यापारकोलागि आउजाउ गर्ने गरेको बुझिएको छ ।

उनको गएराती मृत्यु भएको बताईएको छ । उनको शव अहिले प्रतिष्ठानको शव गृहमा राखिएको छ । उनी प्रदेश २ सप्तरीका भए पनि प्रदेश १ मा पहिलो व्यक्ति उपचारकोक्रममा मृत्यु भएको यो पहिलो घटना हो ।

शवलाई कसरी व्यावस्थापन गर्ने भनेर अहिले समवन्य भईरहेको बताईएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका अनुसार उनी सप्तरीको कुनै क्वारेनटाइनमा बसेको रेर्कड नभएको बताईएको छ । उनको कोरोना परिक्षण पनि धरानमै भएको बताईएको छ ।