पथरी : मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरेको आरोपमा इलाका प्रहरी कार्यालय पथरीले ६ जनालाई पक्राउ गरेको छ । बिहीबार उनीहरूलाई पथरीशनिश्चरेवाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

तिन दिन अघि झापा दमकको पोख्रेल मार्केट अगाडी वाट चोरी भएको मे १० प ९३०९ नम्बरको पल्सर मोटरसाइकल चोरी गरी स्वरूप परिवर्तन गरेको आरोपमा दमक झापाका वेण्डम विक, पथरीशनिश्चरे ४ का मिलन खतिवडा, अनुप जोगी र विनोद जोगी,रतुवामाइका अभि हस्ता र सकल हेमरमलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप गिरीले जानकारी दिए ।

हेमरम पथरीशनिश्चरे ९ पुल चौकमा मोटरसाइकल ग्यारेज सञ्चालक हुन भने हस्ता सोहि ग्यारेजमा कार्यरत मजदुर हुन् । प्रहरीका अनुसार सोमवार विकले दमकबाट पूर्ण लिम्बुको मोटरसाइकल चोरी गरी हेमरम मोटर ग्यारेजमा ल्याएका थिए । सोही दिन मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरेको र सो मोटरसाइकलको पेट्रोल ट्याकी अर्का मोटरसाइकलमा लगाएको बिक्री गरेको प्रहरीले जनाएको छ ।

लिम्बुले मोटरसाइकल हराएको सामाजिक संन्जालमा सूचना राखेपछि लिम्बुका साथीहरूले मोटरसाइकल सो ग्यारेजमा फेला पारेका थिए । सोही सूचनाका आधारमा प्रहरीले हस्दा र हेमरामलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । हेमरम र हस्ताकै सूचनाका आधारमा बिहीबार अन्य ४ जनालाई खतिवडाको घर पथरीशनिश्चरे ४ नयाँ सोमबारेबाट नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई चोरीको मुद्दा दायर गरिने गिरीले जानकारी दिए । उनीहरूलाई इलाका प्रहरी कार्यालय दमक पठाइएको छ ।