धरान: केराबारी -१ पाटीगाउँमा अबिरल बर्षाको कारण केहि दिनदेखि बाटो बन्द भएपछि बाटो खुलाउनका लागि मोरङ केराबारी -१ पाटीगाँउका दुई युवाले वडा कार्यालयलाई डिजेल सहयोग गरेका थिए ।

स्थानीय युवा डेविड सुब्बा र नन्दकुमार लिम्बुले २ सय लिटर डिजेल मोरङ केराबारी गाउँपालिका वडा नं -१ लाई सहयोग गरेका हुन् । । उक्त डिजेल वडाअध्यक्ष चन्द्रसिंह लिम्बुका बुबा पुर्णबहादुर लिम्बुले बुझेका थिए ।

बर्षाकै कारण बाटो आवतजावतमा गर्न स्थानियहरुलाई समस्या भएकाले हिडडुल गर्ने सहज होस भन्ने उदेश्यले डिजेल सहयोग गरेको डेबिट लिम्बुले बताए । सहयोगी सुब्बा र लिम्बु धरानका सामाजिक कार्यहरुमा सक्रिय हुँदै समाजसेवामा लागिपरेका छन् ।