धरान : अवैध रुपमा औषधीहरु कारोबार गर्ने धरानका एक युवालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं- ५ देउरालीका २७ को बर्षीय सुवास राई रहेका छन् । उनलाई बुधबार राती करिब ६ बजे बिशेष सुचनाको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

उनको साथबाट ट्रामाडोल  Tramador Hydrochlorid लेखिएको ३ सय  ८३ चक्की र स्पाज्मिड ( Spamid)  लेखिएको ३ सय २२ चक्की अवैध औषधी भेटिएको प्रहरीले जनाएको छ । उनलाई आज औषधीसहित आवश्यक कारबाहीको लागि औषधी विभाग बिराटनगर पठाइएको इलाका प्रहरी कार्यालय धरानका  डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।