धरान : मोरङको केरावारी गाउँपालिकाका अध्यक्ष ४० बर्षीय रोहित कार्कीलाई कुटपिट गर्ने १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ

आज बिहान साँढे ११ बजेको समयमा गाउँपालिकाको कार्यालयमा ठेक्का पट्टाको बिषयलाई लिएर अध्यक्षलाई कुटपिट गर्ने केरावारी गाउँपालिका-१० का ३२ बर्षीय भवन ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ठकुरी ठेक्कापट्टामा संलग्न व्यक्ति हुन् । खोजिमै छुरा बोकि योजनाबद्ध ढङगले कार्यालयमा प्रबेश गरी  कार्यालयको सोफामा बसेका ठकुरी  अचानक कुटपिट गरेका थिए ।

ठकुरीको साथबाट १ थान चक्कु र १ थान खुकुरी समेत बरामद भएको छ । कुटपिटबाट घाईते भएका अध्यक्ष कार्कीको नोवेल मेडिकल कलेज बिराटनगरको आइसियुमाराखेर उपचार भइरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीका इन्सपेक्टर ऋषिराज ढकालले जानकारी दिए ।