धरान : जिल्ला  प्रहरी कार्यालय उदयपुरले  ६ बर्ष अघि जबरजस्तिकरणी मुद्दा फरार रहेका युवालाई पक्राउ गरेको छ ।

बुधबार उदयपुर जिल्लाको त्रियुगा नगरपालिका -६ जलजले बस्ने ३३ बर्षिय देव राई लाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा निजको घर पक्राउ गरेको उदयपर प्रहरी प्रमुख भिम दाहालले जानकारी दिए ।

उदयपुर जिल्ला अदालतले जबरजस्तिकरणी मुद्दामा ५ बर्ष कैद तोकिएको  फरार प्रतिबादीलाई प्रकाउ गरी सम्मानित जिल्ला अदालत उदयपुरमा फैसला कार्यन्वयन गर्नको लागि पठाईएको दाहाललले बताए ।

देव ६ बर्ष देखि बिदेश गएर बसिरहेका थिए भने लकडाउनमा घर आएका थिए ।