धरान : प्रदेश १ मा १४ जना सँगै देशभरका विभिन्न जिल्लामा शनिवार ५७ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा दिइएको जानकारी अनुसार शनिवार ३ हजार ३ सय ३१ वटा नमुना पिसिआर विधिबाट परीक्षण भएकोको ५७ जनामा मात्र कोरोना पोजेटिभ देखिएको हो ।यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १७ हजार ५ सय २ जना पुगेको छ । विगत २४ घण्टामा १ सय ३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने कुल सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ११ हजार ६ सय ३७ जना पुगेको छ ।

अहिले देशभर २३ हजार २ सय ७५ जना क्वारेनटिनमा रहेका छन् भने ५ हजार ८ सय २५ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

यसै गरी यता प्रदेश नं. १ मा आज १४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

थपिएकाहरूमा मोरङमा ९, तेह्रथुममा २, झापा, इलाम र उदयपुरमा १–१ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको मिक्लाजुङमा ६ जना , उर्लाबारीमा २ जना र बेलबारीमा १ जना, तेह्रथुमको लालीगुराँस नगरपालिकामा २ जना, झापाको कमल गाउँपालिकामा १ जना, इलामको देउमाईमा १ जना र उदयपुरको बेल्टारमा १ जना पुरुषमा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय ९० पुगेको छ ।