धरान : मोरङ जिल्लाको रंगेली नगरपालिका -२ लक्ष्मीपुर टोल घर भएका हाल स्थितमा बेलबारी नगरपालिका - ८ बस्ने ३६ बर्षिय नगर खवासलाई चोरि गरेको खसि सहित प्रहरीले पक्राउ गरेको छ ।

को १५ प १२०८ नम्बरको मोटरसाइकलको पछाडी कालो र सेतो रंगको खसी लोड गरी शंकास्पद अवस्थामा लिएर जाँदै गर्दा बबियाबिर्ता बाट गस्तीमा खटिएको प्रहरी टोलीले शंका लागी जाँच तथा सोधपुछ गर्दा उक्त खसी जिल्ला मोरङ बेलबारी नगरपालिका८ डाँगीहाट बाट चोरी गरी ल्याएको भन्ने खुलेको हुँदा उक्त मोटरसाइकल चलाक र खसी समेत नियन्त्रणमा लिई ईप्रका रंगेलीमा ल्याई राखिएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

चोरी गरेको स्थान ईप्रका बेलबारीको एरिया अन्तरगत पर्ने भएको हुँदा आवश्यक कारबाहीको लागी ईप्रका बेलबारी पठाई थप अनुसन्धान भईरहेको प्रहरी स्रोतले जनाएको छ ।