धरान : हराएका वा चोरी भएका मोबाइल खोजेर सम्बन्धित धनीलाई बुझाउने कार्यमा इलाका प्रहरी कार्यालय इटहरी सकृय रहेको केन्द्रिय प्रवक्ता निरज बहादुर शाहिले जानकारि दिए ।अन्य प्रहरी कार्यालय भन्दा इटहरीमा छुटै जनशक्ति राखेर मोबाइल खोज्ने गरिएको कारण परिणाम राम्रो देखिएको उनी बताउँछन् । 

२०७६ देखि इटहरी प्रहरीले सिडिआर शाखा स्थापना गरेर मोबाइल खोज्ने काम गदै आएको छ ।ईलाका प्रहरी कार्यालय ईटहरीमा शाखा स्थापना भएदेखी हालसम्म बिभिन्न ब्राण्डका अन्दाजी ७२ लाख १८ हजार आठ सय साठी रुपैयाँ धनीलाई बुझाइसकेको प्रहरीको तथ्याङका उल्लेख छ ।

तत्कालीन डिएसपी समीर चन्द्र खरेलले सिडिआर शाखामा आवश्यक उपकरण जुटाइदिएपछि मोबाइल खोज्ने काममा इटहरी प्रहरी अघि देखिएको हो ।अहिले इटहरी प्रहरीमा वीरगन्ज, लहान, सिराहा लगायत प्रदेश १ का १४ जिल्लाबाट मोबाइल हराएको वा चोरी भएको उजुरी आउने गरेको छ । मासिक रूपमा ३० देखि ४० वटा उजुरी सिडिआर शाखामा आउने गरेको डिएसपी धर्मराज भण्डारी बताउँछन् ।

ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका २० थान मोवायल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ । आफ्ना मोवायल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा २०७७ /०३ /१५ गते देखि गत ४ गते २१ दिनमा खोजतलास गर्ने क्रममा ५ लाख ९४ हजार २ सय ४० मुल्य बराबरका २० थान मोबाइल सेट फेला पारी आइतबार सम्बन्धीत धनीहरुलाई बुझाएको हो ।