धरान : देशभरका विभिन्न जिल्लामा आज १ सय ५६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

देशभरका २७ वटा प्रयोगशालामा तीन हजार ७ सय ४१ जनाको पिसिआर परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोनाबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या १७ हजार ६ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आइतबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको सङ्ख्या ५८ छ भने हालसम्म निको हुनेको कुल सङ्ख्या ११ हजार ६ सय ९५ रहेको छ ।

अहिले देशका विभिन्न आइसोलेसनमा ५ हजार ९ सय २३ जना सङ्क्रमित उपचाररत रहेका छन् । अहिले देशभरिका क्वारेनटिनमा २२ हजार ६ सय ६१ जना रहेका छन् ।