धरान : धरान उपमाहानगरपालिका मेयर तिलक राइको प्रमुख अतिथी र उपमेयर मन्जु भण्डारीको बिशेष अतिथीमा धरान वडा नं-२ स्थित रहेको देशि लाइनको नयाँ कालोपत्र भएको सडक आज रिबन काटेर उद्घाटन भएको छ।

१ करोड ३५ लाख ४५ हजार ९९ रूपैयाँको लागतमा २०७६ साल  भदौ १७ गते सम्झौता भएकाे  थियो । विगतमा ४० फुटको बाटो भत्काएर हाल ५० फुटको बाटो बनाएको छ । नगर गौरव योजनमा रहेको देशिलाइनको एकसय पचहत्तर मिटरको सडक कालोपत्र सडक उद्घाटन गरिएको हो। धरान भानुचौकको पुर्व तर्फ रहेको देशिलाइन सडक  धरानको  पुरानो बस्ति मानिन्छ।

तिलक राइले मन्तव्य राख्दै  जिर्ण अवस्थामा रहेको सडक सुन्दर बनाएर लम्ब्याउन स्थानियवासिले देखाएको तत्परताको उपज नै छिटो सडक निमार्ण भएको बताउँदै उनले धराने जनताको माग र आवश्यकतालाई स्थानीय सरकार सदैव सहयोग गर्ने समेत बताए ।

उपमेयर भण्डारीले मन्तब्यको क्रममा देशिलाइनमा निर्माण भएको सडक सफा सुन्दर राख्न प्रत्येक देशिलाइनका स्थानीयहरूले सडकमा फोहोर नहाल्न र कालान्तर सम्म सफा राख्न अनुरोध गरिन। नगर गौरव योजनमा रहेको देशिलाइनको सडक काम सम्पन्न भएको बताउँदै बिजयपुर, सिहदेवि, मङ्गलबारे, रत्नरोडको सडकको योजनाका काम पनि भैइरहेको बताइन।