धरान : धरान उपमहानगरपालिका परिसरमा छरिएर रहेका  ८३ जना सडक मानवहरू लकडाउनकाको समयमा एकिकृत गरि धरान -८ स्थित लाङ्घाली सामुदायिक वनको भवनमा राखिएका थियो । उक्त ८३ जना सडक मानवहरूलाई श्रावण १ गते देखि माया घरले रेखदेख साथै व्यवस्थापन गरिरहेको छ ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईले  सडक मानवहरूको  दिर्घकालिन व्यवस्थापन गर्ने उदेश्यले  माया घर नेपाल सँग सहकार्य गरि  सडक मानव रहित नगर निर्माण अभियानमा लागेको बताए । 

कारोनाको संक्रमण फैलने त्रास संगसंगै लकडाउन लम्भिने डरले सामुदायिक वनमा राखिएका सडक मानवहरूलाई दिर्घकालिन व्यवस्थापनको लागि उपमहानगरपालीका संगको सहकार्यमा माया घर नेपालले ८३ जना मानवहरूलाई व्यवस्थापन गर्ने जिम्मा लिएको छ ।

सडक मानव व्यवस्थापनको कार्यमा उपमहानगरपालिकाले गरेको सहकार्यलाई निरन्तरता दिने हो भने धरान चाडै नै सडक मानव रहित नगर निर्माण हुने माया घर नेपालकी अध्यक्ष राधिका दासीले बताइन । हाल जुनियर माया घर ,लियो कल्व अफ ईटहरी मनकामना ,लियो कल्व अफ धरान बुढासुब्बा ,महिला संंञ्जाल र होप धरान लगायतको संघसंस्थाले सहयोग गरिरहेकोमा धन्यवाद समेत दिएन ।

माया घर नेपालले सडक मानवहरूलाई खाना ,खाजा ,औैैैैषधि उपचार योगा , पुर्नस्थापना गर्न सकिनेलाई स्थाई पुनस्थापना गर्ने मेलमिलाप गराउने जेष्ठ,अपागं महिला  र बालबालिकाहरूलाई उचित व्यवस्थापन गर्ने, दिर्घ बिरामी,अति अशक्तहरूलाई उपचार गर्ने ,लत्ताकपडा ,तथा क्षमताको आधारमा सिपमुलक तालिम सञ्चालन गर्ने ,र धरान उपमहानगरपालिकालाई चाडै नै सडक मानव रहित नगर निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।