धरान : स्वास्थ्य, पर्यटन र शिक्षाक्षेत्रमा काम गरीरहेको समाजिक संस्था सेवक अभियानको छैटौं स्थापना दिवस तथा प्रथम साधारण सभा सम्पन्न भएको छ ।

आइतबार भाषाबिद प्रा.डा. टंक प्रसाद न्यौपानको प्रमुख आतिथ्यमा सम्पन्न स्थापना दिवश तथा साधारण सभाले ११ जनाको नयाँ कार्य सभिति समेत चयन गरेको छ

समितीकाे अध्यक्षमा राजीब हलवाई, उपाध्यक्ष ममता पौडेल, खगेन्द्र कुंवर महासचिब, अफाक अहमद सचिव, हरेन्द्र चेम्जोङ कोषाध्यक्ष, मात्रीका प्रसाद नेपाल प्रबक्ता चयन भएका छन ।

यसैगरी माया राई जनसम्पर्क अधिकारी, दिपनारायण श्रेष्ठ मुख्य संयोजक, कमल गोयल अर्थ प्रमुख तथा राम तामाङ र सदस्य लक्ष्मी सिजापतीलाइ  सदस्य मनोनित गरीएकाे अभियानका अध्यक्ष राजिव हलुवाइले बताए ।