धरान : मोरङ जिल्लाको कटहरी गाउँपालिका वडा नं-४ राम चौकमा को २ त ३२४८ नम्बरको ट्रयाक्टरमा अवैध काठ गोलिया लोड गरि अन्दाजी राती ९ बजे काठको चोरी गरी विराटनगरतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र कटहरीबाट खटिएको प्रहरी टोलीले मोरङ जिल्लाको रंगेली नगरपालिका-३ बस्ने २७ बर्षिय चालक मेघनाथ मण्ड र  यसै नगरपालिकाको रामपुर -६  बस्ने  २० बर्षिय  सह-चालक ओम प्रकाश कुमार यादवलाई ट्रयाक्टर सहित नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक लोक दर्शन थापाले जानकारी दिए । 

पक्राउ परेका दुबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय मोरङमा बुझाउने पहल भईरहेको थापाले बताए ।