धरान : मोरङ जिल्लाको उर्लाबारी नगरपालिका-३ मंगलबारे टोलका अम्बिाकाप्रसाद रिजालको घरमा साउन १ गते बिहान ३ बजेतिर चोरी भएको थियो । त्यस चोरीको घटनामा बाबु छोराकै संलग्न रहेको पाइएको छ ।

प्रहरीका अनुसार रिजालको घरबाट ओप्पो र सामसुङका मोबाइल सेट, चाँदीको पाउजु, सुनका गहना, कासका थाल तथा लत्तापकडा चोरी भएको थियो । चोरीमा उर्लाबारी ३ सालबारीका १८ वर्षीय सुनिल उराउ उनका बुवा ५५ वर्षीय मुगु उराउको संलग्नता देखिएको उर्लाबारीका इन्सपेक्टर सुवास राइले बताए ।

उराउको घरबाट चोरी भएका सामान बरामद भएपछि बाबु छोरालाई पक्राउ गरेर चोरी मुद्दा चलाइ ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी राईले दिए । घटनामा संलग्न २१ वर्षीय वाँया चौधरी फरार रहेकाले खोजी भइरहेको प्रहरीले
हालसम्म पनि नभेटिएको प्रहरीले जनाएको छ ।