धरान : मोरङ जिल्लाको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका युवकको घरमा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

शुक्रबार गाउँपालिकाको कार्यालयमा अध्यक्ष कार्कीमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका केराबारी गाउँपालिका -१० का ३४ वर्षीय ‘भाले’ भनिने भवन ठकुरीको घरमा खोजतलास गर्दा तीन ग्राम ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ । 

 ठकुरी ठेक्कापट्टामा संलग्न व्यक्ति हुन् । खोजिमै छुरा बोकि योजनाबद्ध ढङगले कार्यालयमा प्रबेश गरी  कार्यालयको सोफामा बसेका ठकुरी अचानक कर उठाउन नपाएको भन्दै अध्यक्षमाथि कार्यकक्षमै खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका थिए ।  ठकुरीको घरमा आइतबार लागूऔषध भेटिएपछि ‘लागुऔषध र ज्यान मार्ने उद्योग मुद्दा’  मा ५  दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

खुकुरी प्रहारबाट घाइते भएका कार्कीको नोवेल मेडिकल कलेज बिराटनगरको आइसियुमाराखेर उपचार भइरहेको छ ।