धरान : सुनसरी जिल्ला पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या १ सय १३ पुगेको छ ।

सोमबार ५ जना कोरोना सङ्क्रमित सुनसरीमा फेरि थपिएका छन् । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना, इटहरी क्वारेनटाइनमा २ जना र रामधुनी क्वारेनटाइनमा २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नयाँ सङ्क्रमित मध्ये धरान र रामधुनीका गरी ३ जना महिला हुन् भने इटहरी क्वारेनटाइनका २ जना पुरुष हुन् । इटहरीका दुवैलाई गोठगाउँ आइसोलेसन केन्द्रमा पठाइएको छ भने राम धुनीका दुवै महिलालाई कोसी कोभिड १९ अस्पताल विराटनगर पठाइएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।