धरान : इलाका प्रहरी कार्यालय इटहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार अभियुक्तलाई १९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा नगरपालिका-६ महेश्वरमार्गका ३७ वर्षीय फटाहा कान्छा भन्ने प्रेम मोक्तान रहेका छन् ।

मोक्तानले आर्थिक लेनदेनको विवादलाई लिएर २०५८ वैशाख ४ गते सुनसरी इटहरी उपमहानगरपालिका-९ चोकदेखि पूर्वपट्टी रहेको प्याराडाइज रेष्टुरेन्ट एण्ड पुल हाउसमा ३९ वर्षीय रोशन चौधरीमाथि खुकुरी प्रहार गरेका थिए । चौधरीको शरीरको ‌बिभिन्न भागमा छुराले प्रहार गरी गम्भिर घाईते बनाई घट्नास्थलवाट भागी हालसम्म लुकिछिपि रहि देशका बिभिन्न स्थानमा बस्दै आएकोमा खोजतलासकै क्रममा फरार मध्ये फटाहा कान्छा भन्ने  हाल लकडाउनक समयमा गाउँ घरमा आई लुकिछिपि बसिरहेको भन्ने गोप्य सुचनाको आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी धर्मराज भण्डारीले बताए । 

पक्राउ गरी सम्मानित जिल्ला अदालत सुनसरीवाट म्याद थप गरी आवश्यक अनुसन्धान पुरा गरी मिसिल सम्मानित जिल्ला अदालतमा पेश गरीएको छ । साथै घटनामा संलग्न अर्का प्रतिवादी रमित मोक्तान हाल सम्म फरार रहेको हुदाँ पक्राउ खोजतलास गरिरहेको भण्डारीले बताए