धरान : वीपी जयन्तीका अवसरमा पारि इटहरी उपमहानगरले मङगबार बिहान इटहरी- १८ रहिपुरमा वृक्षारोपण कार्यक्रम गरेको छ । नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३८ औ स्मृति दिवसको रुपमा विभिन्न कार्यक्रम गरी मनाउँदैछ भने विभिन्न साहित्यिक संस्थाहरूले बिपीको साहित्यसम्बन्धी विषयमा चर्चा परिचर्चा गरेको पाइन्छ।

वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद सीताराम मेहता,विशिष्ठ अतिथि मेयर द्धारिकलाल चौधरी र अन्य जनप्रतिनिधि,राजनीतिक दलका नेताहरुले र स्थानीयले आँप,लिची,रुद्राक्ष,वेल,कपुर लगायतका विरुवा रोपेएका हुन । 

वृक्षारोपण कार्यक्रम मन्तब्य राख्दै संघीय सांसद सीताराम मेहताले इटहरी उपमहानगरले वीपी जयन्तीको अवसरमा वृक्षारोपण कार्यक्रम राखेकोमा धन्यवाद ज्ञापन गरी वीपी कोइराला एउटा पार्टीको मात्र नभई देशकै नेता भएको बताए । मेयर द्धारिकलाल चौधरीले देशका लागि योगदान दिएका नेताहरुको स्मृतिमा उपमहानगरले वृक्षारोपण कार्यक्रम गर्दै आएको जानकारी दिए ।

देश र समाजका लागि योगदान दिएका ब्यक्तित्वहरुको नाममा स्मृति भवन र स्मारक वनाउन उपमहानगरले वजेट विनियोजन गरेको जानकारी दिए ।उपमहानगरले भोली पुष्पलाल स्मृति दिवसका अवसरमा विहान ७ वजे इटहरी -१४ नरभाषामा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । उपमहानगरले यो वर्ष १ लाख विरुवा रोपेर संरक्षण गर्ने अभियान चलाएको छ।

बिपीले जीवनमा प्रजातन्त्रको सेरोफेरोमा मात्र समाजवादको परिकल्पना र अभ्यासको थालनी गरेका थिए । विश्वेश्वरप्रसाद कोइरालाको नाम नै नेपाली राजनीतिमा यस्तो नाम हो जसको जीवनवृत्तले एउटा पूर्ण प्रजातन्त्रको अर्थ दिन्छ । उनको जीवन सधैँ खतरापूर्ण र साहसको उदाहरणीय आदर्श मात्र बन्यो। जस्को आदर्श प्रजातन्त्र, त्यो पनि समाजमुखी प्रजातन्त्र जसलाई प्रजातान्त्रिक समाजवाद पनि भनिन थाल्यो।