धरान : बीपी कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस विराटनगर महानगर समितिले विराटनगरस्थित आदर्श विद्यालयमा वृक्षरोपण गरिएको थियो ।उक्त वृक्षरोपण अवसरमा प्रदेश नं- १ का प्रमुख सचेतक केदार कार्की, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की लगायत  सहभागी थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा।शेखर कोइरालाले विपीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै भने,“मुलुक संकटमा परेको बेला विपीले गरेको योगदान निकै महत्वपूर्ण थियो ।”

कोइराला २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि उनी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।तर, दुई वर्ष पनि काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्त गरेपछि उनी लामो समय भारत निर्वासनमा गएका थिए ।

नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।