धरान : लाङ्घाली सामुदायिक वन धरानमा राखिएका सडक मानवहरूकोलागि माया घर नेपालको अस्थायी सचिवालयलाई भिएम सी भोलुनटरिङ क्लव र कर्मयोग पिठले खाद्यान्न सहयोग गरेको छ ।

धरान उपमहानगरपालिका परिसरमा छरिएर रहेका ८३ जना सडक मानवहरू लकडाउनकाको समयमा एकिकृत गरि धरान -८ स्थित लाङ्घाली सामुदायिक वनको भवनमा राखिएका थियो । उक्त ८३ जना सडक मानवहरूलाई श्रावण १ गते देखि माया घरले रेखदेख साथै व्यवस्थापन गरिरहेको छ ।

क्लव र कर्मयोग पिठले चामल ११ बोरा ,चना १ बोरा , तेल ४ कार्टुन ,सोयाबिन २ बोरा खाध्यय प्रदान गरेको छ।कर्मयोग पिठ नेपालका अध्यक्ष योगी पिताम्बर ,सामाजिक राजनितिक विश्लेषक पदम अधिकारी, भिएमसीबाट भिषण राई, शंखर श्रेष्ठ लगायतले माया घरलाई खाद्यान्य प्रदान गरेका थिए ।