धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजो साँझ कोरोना सङ्क्रमणका कारण मृत्यु भएका मृतकलाई राति नै महोत्तरी पठाइएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलका अनुसार नेपाल सरकारको स्वास्थ्य  प्रोटोकल अनुसार विशेष स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मध्य राति शव वाहन मार्फत महोत्तरी पठाइएको हो ।

महोत्तरीको महोत्तरी गाउँपालिका ३ का ६० वर्षीय पुरुष उनी केही दिन अघि गम्भीर अवस्थामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा उपचारका लागि ल्याइएको थियो । आइसियुमा राखेर उपचार गरिरहेका उनको पिसिआर परीक्षणको क्रममा कोरोना पोजेटिभ आएपछि कोरोना उपचार कक्षको आइसोलेसनको आइसियुमा राखेर उपचार गरिरहेकोमा हिजो साँझ उनको मृत्यु भएको थियो ।

प्रदेश नं. २ सरकारसँग समन्वय गरेर उनलाई राति नै उनको गृह जिल्ला पठाइएको र उनको स्वास्थ्य प्रोटोकल अनुसार दाहसंस्कार पनि गरिने गरी सुनसरीबाट समन्वय गरेर पठाइएको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले बताए ।

मृतकको शवलाई अहिले केही बेरमा व्यवस्थापन गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।