धरान : ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका-६ हर्कपुर बस्ने सिरहा लाहान नगरपालिका-७ घर भएका २६ वर्षीय चुने भन्ने राम शाहलाई २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

साउन २ गते शाहले ती महिलालाई मानेभन्ज्याङ गाउँपालिका-६ स्थित सन्जु होटलको कोठामा शनिबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी रुपेश खड्काले जानकारी दिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको खड्काले बताए  ।