धरान : झापामा बलात्कारको आरोप आरोपीलाई कोरोना परीक्षण गर्दा आरडिटी रिपोर्ट पोजेटिभ आएको छ ।

उनमा आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि दमक अस्पतालमा स्वाब निकालेर परीक्षणका लागि दिइएको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन् ।

झापा जिल्लाको दमक नगरपालिका ३ भुटानी शरणार्थी शिविर बस्ने ७४ वर्षीय टङ्क राईले ९ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको डिएसपी थापाले बताए ।

राईले ती बालिकालाई सोमबार जबरजस्ती करणी गरेको भन्ने खबर मङ्गलवार बिहान प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ती बालिकालाई खेल्ने क्रममा डर धम्की देखाई चैत ११ गते देखि जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी थापाले बताए ।