धरान : देशभरका विभिन्न जिल्लामा आज १ सय जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ६ सय ८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा नेपालमा बुधबार थप १ सय जनामा कोरोना संक्रमण देखिएको छ । भने हाल नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या १८ हजार ९४ जना पुगेको बताए। मङगलबार देशभरका २७ वटा प्रयोगशालामा पिसिआर परीक्षण गरिएको थियो ।

बुधबार मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा साङकेतिक भाषमा दिनेश श्रेष्ठले सहयोग गरेका थिए । सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु महिला भन्दा पुरुष धेरै रहेकाछन ।