इटहरी : इटहरीमा अव होम क्वारेनटिन र होटल क्वारेण्टिनमा समेत बस्न पाइने भएको छ ।

कोभिड १९ नियन्त्रण रोकथाम र क्वारेनटिन सञ्चालन तथा व्यवस्थापनका लागि इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रतिनिधि,जनप्रतिनिधि,होटल व्यवसायी,स्वास्थ्यकर्मी समेत सहभागी बैठकले सरकारको होम क्वारेनटिन सम्बन्धी मापदण्ड २०७७ अनुसार घरैमा सेल्स क्वारेण्टिनमा बस्न सकिने निर्णय भएको हो ।

होम क्वारेण्टिनमा बस्न वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ । यसै गरी खाना र आवासका लागि न्यूनतम शुल्क लिने गरी तोकिएका होटलहरुमा पनि बस्न सकिने निर्णय गरिएको छ ।

होम तथा होटल क्वारेण्टिनमा बसेकाहरूको कन्ट्रयाक्ट ट्रेसिङ परामर्श र परीक्षण सेवा इटहरी उपमहानगरले उपलब्ध गराउने छ । उपमहानगरले कोरोना जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न उपमहानगरवासीलाई आग्रह गरेको छ । अनिवार्य मास्क लगाउन,सेनिटाइटर प्रयोग गर्न,दुरी कायम गर्न आग्रह गरेको हो ।