उदयपुर : उदयपुरकाे बेलका नगरपालिका भित्र हुने गरेको अनियमितता यति वेला सामाजिक संजालमा छताछुल्ल भएको छ । नगरले 'उत्पादनमा हाम्रो साथ, बस्दिन म खाली हात' भन्ने नारा राख्दै जनतालाई भ्रममा पार्दै खोक्रो नाराको भरमा चरम भ्रष्टचार हुने गरेको तथ्य सार्वजनिक भएको हो ।

यसको पछिल्लो दृष्टान्त बेलका नगरपालिका उदयपुरका उप प्रमुख राजकुमारी चौधरीले सामाजिक संजाल मार्फत असुन्तष्टि व्यक्त गरेकी छिन् । विगत बर्ष देखि नगरपालिका भित्र एउटा पंखा देखि स्काभेटर सम्म खरिदमा भ्रष्टचार हुने गरेको उनले बताईन ।

उनले बुधबार राती सामाजिक संजालमा लेखेकि छिन् “उप मेयर पद पार्टिलाई हस्तान्तरण गर्न चाहान्छु जनता संग माफि माग्न चाहान्छु कालो कर्तुतहरुको विषयमा कार्यान्वयन हुदैन धिकार छ दुई तिहाइ सरकार” 

सामाजिक संजालमा उपमेयर चौधरीको असन्तुष्टी सार्वजनिक भए पछि थप जानकारी लिनका लागि सम्पर्क गर्दा उनले नगरपालिका भित्रका कर्मचारीले भित्र भित्रै भ्रष्टचार गर्दा पनि नगर प्रमुखले बचाउ गर्दै आएको बताईन् । आफुले नगर भित्र भएका भ्रष्टचार र अनियमितताको बिषयमा लिखित जानकारी गराउदा निवेदन डष्टविनमा फ्याकिने गरेको उनले गुनासो गरिन् ।

'जनतालाई सुख र सुविधा दिनकालागि चुनेर जनप्रतिनिधी पठाएकाे तर जनताकोलागि आएको बजेटको चरम लापारवाही हुदाँ नगर प्रमुखले संरक्षण गर्नु हुन्छ,  मेरो कुनै कुरा सुनुवाई भएन त्यहि भएर राजिनामा घोषणा गरेकि हुँ'  चौधरीले भनिन् ।  'अव जनताले राख्छन् भने बस्छु नभए बस्दिन'

नगर भित्र भएको भ्रष्टचारको चिरफार गर्न म अघि बढि सकेकाे  चौधरीले बताइन ।  यस विषयमा थप जानकारी लिनको लागि बेलका नगरपकालिका प्रमुख दुर्गाकुमार थापा संग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।