धरान : बिहीबार प्रदेश १ मा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ८, सुनसरी र धनकुटामा २–२ र झापामा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । मोरङको विराटनगरमा ४ पुरुष, बुढीगंगामा ३ पुरुष र १ महिलामा सङ्क्रमण पुष्टि भएको हो । विराटनगर चार जना प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी कर्मचारी हुन ।

सुनसरीको कोसी गाउँपालिकामा २ पुरुष, धरानमा १ पुरुष धनकुटाको छथर जोरपाटीमा २ पुरुष र झापाको अर्जुनधारामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या ८ सय ४८ पुगेको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिए । बिहीबारसम्म सम्म ३८ हजार १ सय ३५ जनाको कोरोना परीक्षण गरिएको उनले बताए ।