धरान : सप्तरी जिल्लामा  आफ्नै २७ वर्षीया श्रीमतीलाई मट्टितेल छर्की आगो लगाएको अभियोगमा सुरुङ्गा नगरपालिका-३ दौलतपुर बस्ने २९ वर्षीय दिपेन सदालाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख कृष्ण प्रसाइले जानकारी दिए । 

सदाले आफ्नै श्रीमतीलाई आगो लगाई घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लक्ष्मीपुर र ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई सप्तऋषि अस्पताल लाहान बाट उपचार हुन नसकेपछि थप उपचारको धरान स्थित बिपी कोइराला स्वाथ्य बिज्ञान प्रतिष्ठान ल्याएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रसाइले जानकारी दिएकाछन ।