धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनियुक्त रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीले बिहीबार पदभार ग्रहण गर्दै बोलेर हैन काम गरेर व्यवहारमा गरेर देखाउने बाताएका छन् ।

कर्मचारी, विरामी र विद्यार्थीहरुको समस्या बुझेर सावधानको लागि कदम चाल्ने बताउदै उनले  प्रतिष्ठानको प्रशासनिक प्रणाली, बित्तिय प्रणालीमा सुधार ल्याउने र पुर्नसंरचनालाई ध्यानमा राख्दै आधुनिक र प्रभावकारी सेवा प्रवाह गर्ने बताए । 

रेग्मी प्रतिष्ठानमा पहिलो पटक चिकित्सा क्षेत्रकै र प्रतिष्ठानभित्रबाटै रजिष्ट्रार नियुक्त भएका हुन । मन्त्रालयले उनलाई पाँच वर्षसम्मका लागि रजिष्ट्रारमा नियुक्त गरेको हो।

रेग्मी प्रतिष्ठानकै स्त्री तथा प्रसुती रोग विभागका विभागीय प्रमुख पनि छन । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आइतवार प्रा.डा. रेग्मीलाई रजिष्ट्रार पदमा नियुक्त गर्ने निर्णय गरेका हुन् ।